Advertisement
SKIP THIS
अछाम वाङ्मय प्रतिष्ठानको अध्यक्षमा हिमाल उदासी चयन

:अछाम अछामको भाषा,कला,साहित्य,संस्कृतिको जगेर्नाका साथै खोज अनुसन्धान गर्ने उद्देश्यका साथ अछाम वाङ्मय प्रतिष्ठान गठन गरिएको छ । साँफेबगरमा एक कार्यक्रमका बिच हिमाल उदासीको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।

साहित्यकार मोहन दिन दुःखीको अध्यक्षतामा भएको भेलाबाट अछाम वाङ्मय प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको प्रतिष्ठानका सचिव नवीन चिरागले जानकारी दिएका छन् ।

प्रतिष्ठानले अछामी भाषा,कला,साहित्य र संस्कृतिको जगेर्नाका साथै खोज अनुसन्धान र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । साहित्यमा छुट्टै पहिचान बनाउन सफल अछाम जिल्लामा पछिल्लो समय साहित्य अभियान सुस्ताएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला स्थित अगुवा साहित्यकारहरूले अछामको साहित्यलाई पुर्न उत्थान गरि नयाँ पहिचान बनाउन प्रतिष्ठानले भूमिका खेल्ने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया