Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा १००० दिने आमालाई कुखुरा बितरण

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकाद्वारा १००० दिने आमालाई कुखुरा चल्ला बितरण गरेको छ।

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत १००० दिने आमालाई कुखुरा चल्ला बितरण गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मीले बताए । गर्भ अवस्था र बच्चा जन्मेपछि समेत आमाहरुमा शिशुको लागि पोषणमा कमि हुन नदिन कुखुरा चल्ला बितरण गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए ।

पोषण मन्त्री घोषणा गरिएका वडा नं १ गाज्रा पछि वडा ४ तिमिल्सैनमा १००० दिने आमाहरूलाई पोषणका लागि कुखुरा बितरण गरिने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया