Advertisement
SKIP THIS
मुख्यमन्त्री यु १६ छनोट प्रतियोगिताको उपाधि डडेल्धुरालाई

निराकरण खबर अछाम:अछाममा सम्पन्न मुख्यमन्त्री कप यू १६ सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिताको उपाधि डडेलधुराले जितेको छ।

बिहिबार अछामको बडासैन खेल मैदानमा भएको फाइनल खेलमा डेडल्धुराले अछामलाई ८ विकेट हराउदै उपाधि जितेको हो।टस हारेर फिल्डिङको निम्तो पाएको अछामले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाएको थियोे । अछामका लागि रबिन भण्डारीले २६, खकेन्द्र कुँवरले १९ युराज कुँवरले १६ ,ज्ञानेन्द्र खत्री र निराजन गौतमले १४ /१४ रन बनाउदा अन्य ब्याटस्म्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङमा डडेलधुराका इसान पालले ३,आशिष शाहु,सुवास सिहं रावलले समान २ विकेट लिए।

११८ रनको बिजय लक्ष्य पाएको डडेलधुराले ३ विकेट गुमाउदै २२.४ ओभर लक्ष्य भेटायो। डडेलधुराको जितमा सचिन साउदले ७९ बलमा १० चौका हान्दै नटआउट ६७ रनको पारी खेले। बलिङतर्फ अछामका निराजन गौतमले २ र खगेन्द्र कुँवरले १ विकेट लिए।प्रतियोगिता बिजेता डडेलधुराले ३५ हजार सहित ट्रफी मेडल र उपविजेता अछामले २५ हजार सहित ट्रफी मेडल पाए।

प्रतियोगिताका उत्कृष्ट बलिङ अछामका युवराज खत्रि उत्कृष्ट हुदा डडेल्धुरा राजेश अयर उत्कृष्ट ब्याट्म्यान बने।

बिगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने गरेकोमा पहिलोपटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो। मुख्यमन्त्री कप यू १६ सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिता अछाम, डोटी,डडेलधुरा बझाङ,बैतडी , दार्चुला कैलाली कञ्चनपुर सहभागी भएका थिए ।
प्रतियोगिताबाट खेलाडी छनोट गरि सुदूरपश्चिम प्रदेशको १६ बर्ष मुनिको टिम बन्नेछ ।१६ बर्ष मुनिको राष्ट्रिय किर्केट प्रतियोगिता यहि १० गते देखि धनगढीमा सुरू हुदैछ।

तपाईको प्रतिक्रिया