Advertisement
SKIP THIS
रामारोशन गाउँपालिकाद्धारा सुत्केरी आमाहरूलाई पौष्टीक आहार वितरण

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिकाले सुत्केरी आमाहरूलाई पौष्टीक आहार वितरण गरेको छ ।

गाउँपालिकाको उपाध्यक्ष पोषण कोसेली कार्यक्रम अन्तर्गत पालिकाका सुत्केरी महिलालाई पौष्टीक आहार वितरण गरिएको उपाध्यक्ष सिर्जना बुढाले बताईन

गाउँपालिका उपाध्यक्ष बुढाका अनुसार ७ वटै वडाका गरी जम्मा २ सय ५० जना सुत्केरी महिलाहरूलाई अण्डा लगायत पोषणयुक्त खानेकुरा वितरण गरिएको बताइएको छ ।

जसअनुसार वडा नम्बर १ का २०, वडा नम्बर २ का १५ वडा नम्बर ३ का ३० वडा नम्बर ४ का ३५ वडा नम्बर ५ का ६५ वडा नम्बर ६ का ५० र वडा नम्बर ७ का ३५ गरी जम्मा २ सय ५० जना सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो ।

पोषण कोसेली कार्यक्रमले गर्भवती महिला र शिशुलाई पोषणयुक्त बनाउन मद्दत पुग्ने बताउँदै उपाध्यक्ष बुढाले आगामी बर्षमा कोशेली कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएकी छन ।

पौष्टीक आहारवितरण कार्यक्रममा खटिनुहुने सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई उनले धन्यवाद दिएकी छन ।

तपाईको प्रतिक्रिया