Advertisement
SKIP THIS
अछामकाे साफेवगरमा फिट्नेस जिम कल्व सञ्चालन

निराकरण खबर अछाम:अछामकाे साफेवगरमा फिट्नेस जिम कल्व सञ्चालनमा आएकाे छ । साफेबगर नगरपालिका वडा नम्वर ४ काे जनकल्याण स्थित यमहा साेरुमकाे नजिक जिम कल्ब सञ्चालन आएकाे हाे ।

कल्वकाे अाज एक कार्यक्रमका बिच पुर्ब सुचना तथा सञ्चार राज्य मन्त्री गाेविन्दवहादुर शाह र साफेवगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवरले उद्घाटन गरे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राज्य मन्त्री शाहले जिम कल्ब सञ्चालन हुनु खुशिकाे करा भएकाे भन्दै नियमित ब्यायामले माेटाेपन, मधुमेह जस्ता राेग नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरण्ड कुवर, नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ सदस्य चेतमान विक्रम शाह, साफेवगर नगर सभापति लालवहादुर कुवर नेत्र, मष्टामाण्डाै वडा सभापति भिमवहादुर कुवर , गेटा आखा अस्पताल शाखा साफेबगर प्रमुख विकास कुवर लगाएत समाजसेवी बुद्धिजीवीहरुकाे सहभागीता रहेकाे थियाे । फिटनेस जिम कल्बका सञ्चालक रमेश कुवरले बिहान र बेलुकी २ चरणमा कल्ब सञ्चालनमा रहेकाे जानकारी दिए ।

तपाईको प्रतिक्रिया