Advertisement
SKIP THIS
पहिरो झै गहिरो झै बहिरो भै बाच्नु पर्ने

अमरदिप शर्मा अछाम:

गरिब दशा शनि हो कि गहिरो भै बाच्नु पर्ने
पिडा सरि प्रकृतिको पहिरो भै बाच्नु पर्ने

क्रान्ती भाव अनौठा छन उछाल हो सुनामी नै
पहिरो झै गहिरो झै बहिरो भै बाच्नु पर्ने

समय नै काल भन्ने शब्द ग्रन्थ एउटै भन्छन
हर कसैले शरीर त्याग्न दरिलो भै बाच्नु पर्ने

सके सम्म प्रलयको लय भाव बुझ्नै पर्छ
देखाउन स्वार्थ प्रेम धारिलो भै बाच्नु पर्ने

मनोदशा मानवका अनेक थरी उपलब्धी
नजिकको काख सङ्ग पारिलो भै बाच्नु पर्ने !!

लेखक साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया