Advertisement
SKIP THIS
डोटी जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी दिपायल सिलगढी नगरपालिकालाई

निराकरण खबर डोटी :तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधीे दिपायल सिलगढी नगरपालिकाले हात पारेको छ ।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा संचालन भएको तेह्रौ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण ११ रजत, १० कास्य सहित दिपायल सिलगढी नगरपालिका प्रथम भएको हो ।
त्यस्तै ८ स्वर्ण, ९ रजत र ९ कास्य सहित जोरायल गाउँपालिका द्धितिय भएको छ भने ५ स्वर्ण ७ रजक ५ कास्य सहित शिखरनगरपालिका तृतिय भएको हो ।

प्रतियोगितामा सहभागि अन्य आदर्श गाउँपालिकाले ४ स्वर्ण २ रजक ५ काश्य प्राप्त गरेको छ । त्यस्तै बडीकेदार गाउँपालिकाले ३ स्वर्ण ३ रजत १ कास्य प्राप्त गरेको थियो । भने पुर्विचौकी गाउँपालिकाले २स्वर्ण ३ रजत र ५ कास्य प्राप्त गरेको छ । त्यस्तै बोगटान फुड्सिला गाउँपालिकाले २ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरेको छ ।

केआई सिंह गाउँपालिकाले २ स्वर्ण २ रजक प्राप्त गरेको छ भने सायल गाउँपालिकाले १ रजक र २ काश्य प्राप्त गरेको थियो ।
विभिन्न बिद्यामा संचालन भएको प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ फागुन १३ गते देखी १५ गते सम्म खेलकुद प्रतियोगिता संचालन भएको थियो ।

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पार्न सफल खेलाडीहरुलाई दिपायल सिलगढी नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान समेत गरेको छ । खेलाडीहरुले डोटीको दिपायल स्थित पिपल्ला बजार र सिलगढी बजारमा र्याली सहित बिजय उत्सब मनाएका हुन।

बिजय उत्सब पश्चात दिपायल सिलगढी नगरपालिकाले लगातार तिन पटक प्रथम हुन सफल भएकोले यस पटक पनि खेलाडीहरुलाई खादा सहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपािलका नगर प्रमु बाजी सिंह खड्का (बिजय) ले खेलाडीहरु नगरका गहना भएकोले खेलाडीहरुलाई जहिले पनि प्रवद्र्धनमा सहयोग गर्ने बताए । नगरपालिकाले खेलाडीहरुलाई गरेको सम्मान कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, स्थानियहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया