Advertisement
SKIP THIS
बयालपाटा अस्पतालद्वारा एकै बर्षमा ६२ हजार बढिको नि:शुल्क उपचार

निराकरण खबर अछाम:अछामको बयालपाटा अस्पतालले आर्थिक बर्ष २०७८/८९ को सामाजिक परिक्षण गरेको छ।अछाम २ का प्रतिनिधि सभा सदस्य पुष्प शाहको प्रमुख आथित्यमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो।

अस्पतालले आर्थिक बर्ष २०७८/७९ मा ६२हजार २ सय ८३ नागरिकलाई सेवा प्रदान गरेको छ।अस्पतालले बहिरंग ५२ हजार ६२३ आकस्मिक ७ हजार ३ सय ५१ र अन्तरंग २ हजार ६ सय ९ जनालाई सेवा प्रदान गरेको छ। जसमध्ये अस्पताल ७ सय ३३ मेजर र ७ हजार ६ माईनर अप्रेसन गरेको छ।
कार्यक्रम उपस्थित अछाम र बाजुराका सरोकारवालाहरुले दुर्गममा आर्थिक संकटको बिच नि:शुल्क रुपमा सेवा प्रदान गरेकोमा अस्पतालका निर्देशक डा मन्दिप पाठकको टिमको प्रशंसा गरे।

उपस्थित प्रमुख अथिति शाह अछाम र बाजुराका स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाले अस्पताललाई सधैव सहयोगका लागि प्रतिबद्धता ब्याक्त गरे।

अस्पताले सुदूरपश्चिमका अछाम,बाजुरा,डोटि,कर्णाली प्रदेशका कालिकोट, दैलेख जुम्लाका नागरिकलाई १ दशक देखि अस्पतालले नि:शुल्क सेवा प्रदान गरिरहेको छ।

अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको छ।

सुदूरपश्चिम प्रदेश सरकार र गैरसरकारी संस्था न्याय हेल्थ नेपालको साझेदारीमा अस्पताल कोरोना लहर पछि बिश्वमा आएको आर्थिक संकटले दाताहरुले सहयोग रकम कटौती गर्दा अस्पताल आर्थिक संकट बिच गुज्रिरहेको छ।अस्पताल हाडजोर्नीका भरपर्दो मानिन्छ ।

तपाईको प्रतिक्रिया