Advertisement
SKIP THIS
आफुसँग विवाह नगरेपछि एक दर्जन प्रेमिकाहरु ब्यानर लिएर विरोध गर्न पुगेपछि

एजेन्सी:विवाह उत्सवको दिन हो । यस दिन दुलहा दुलहीको खुसीको सीमा रहँदैन तर चीनमा एक व्यक्तिका लागि भने आफ्नो विवाहको दिन खासै खुसीको दिन रहेन । कारण निकै रोचक छ ।

फेब्रुअरी ६ तारिखको दिन चीनको युनान प्रान्तस्थित हेङ्दी गाउँमा विवाहको कार्यक्रमका बीच निकै अचम्मको घटना घटित भयो । करिब एक दर्जन युवती विवाह स्थल नजिकै एउटा रातो रङको ठुलो ब्यानर लिएर उभिएका थिए । उक्त ब्यानरमा लेखिएको थियो, ‘हामी चेन सङका पूर्व प्रेमिका हौँ र आज हामी तिमीलाई नष्ट पार्नेछौँ ।’ सुरुमा त त्यहाँ उपस्थित मानिसहरूले यसलाई साथीहरूले गरेको ठट्टा होला भन्ने सोचे तर पछि उनीहरू साँच्चै नै चेनका पूर्व प्रेमिकाहरु भएको थाहा भयो ।

अजष्लबचेनको विवाह स्थलमा रातो रङको ठुलो ब्यानर लिएका करिब एक दर्जन युवती चुपचाप उभिएको देखिएपछि त्यहाँ धेरैले चासो व्यक्त गरे । विवाहमा उपस्थित केही पाहुना ती युवती भए ठाउँ गएर सोधपुछसमेत गरेको भिडियो बाहिरिएको छ । एक पटक त चेन र उनकी श्रीमतीसमेत उनीहरू उभिएको ठाउँमा पुगेको देखिएका छन् ।

‘मलाई निकै लाजमर्दो भयो,’ चेनले फेइडियन भिडियोलाई भने । ‘अब मेरी नव विवाहित श्रीमती र उनको परिवार मसँग रिसाएका छन् ।’

अडिटी सेन्ट्रलका अनुसार चेनले विगतमा आफ्ना केही प्रेमिकाहरूमाथि दुर्व्यवहार गरेको स्विकार्दै अब आफू परिपक्व भइसकेको र अहिलेसम्म निकै परिवर्तन भइसकेको दाबी गरे । तर पनि उनकी श्रीमती र ससुराली पक्षलाई उनको कुनै पनि जवाफ चित्त बुझिरहेको छैन र आफूहरू सन्तुष्ट नभएसम्म नबोल्ने सर्त राखेका छन् ।

‘म त्यति बेला अलि सानै थिएँ, परिपक्व थिइनँ त्यसैले मैले धेरै केटीहरूको चित्त दुखाएँ,’ चेनले भने । यसका साथै, उनले आफ्नो विगतको व्यवहारमाथि पछुतो जनाउँदै सबै पुरुषलाई सम्मानका साथ व्यवहार गर्न आग्रह गरेका छन् ।

‘प्रेमिकालाई धोका दिनुको साटो वफादार हुनुहोस् । भोलि गएर उनले आफ्नो समस्या पोख्न चाहिन् भने तिमी त गयौ,’ चेनले भने ।

विवाहको दिन यस्तो घटना हुँदासमेत चेनले चीनको सोसल मिडियामा खासै सहानुभूति पाएनन् । धेरैले उनलाई ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ भने ।

तपाईको प्रतिक्रिया