Advertisement
SKIP THIS
आज पनि नेपालले पायो २७४ को लक्ष्य

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो खेल जित्न नेपालले नामिबियाबाट २७४ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन तथा पिक्की या फ्रान्सले ४९ रनको योगदान गरे ।

लो-हान्द्रे लौरेन्सले ४१, माइकल भानले २२, कार्ल बिर्केनस्टोनले २० रन तथा कप्तान जेरहार्ड इरासमस र जान निकोलले समान १५-१५ रन जोडे ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले लिग-२ मा ५० विकेट समेत पूरा गरे । सन्दीपले २३ औँ खेलमा ५१ विकेट लिएका छन् । करण केसीले १ विकेट हात पारे ।

तपाईको प्रतिक्रिया