Advertisement
SKIP THIS
दिपायल सिलगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड:पद्मपव्लिक मुक्तिनारायण माध्यमिक बिधालय प्रथम

बिक्रम खड्का डाेटी: “स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद”भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको आयोजनामा तेस्रो स्थानीय तह राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पद्मपव्लिक मुक्तिनारायण बिधालयले प्रथम स्थान हासिल गरेकाे छ ।

खेलमा ४२ पदक मध्ये २१ स्वर्ण पदक १० रजत पदक ४ कास्य पदक सहित ३५ पदक हासिल गर्दै पद्मपव्लिक मुक्तिनारायण बिधालय सिलगढी प्रथम भयकाे हाे, त्यस्तै १० स्वर्ण पदक १० रजत पदक र ५ कास्य पदक गरि २५ पदक सहित सूजुङ इंग्लिस बोर्डिङ स्कूल दिपायल दृतिय स्थान हासिल गर्न सफल भएको छ भने ४ स्वर्ण पदक २ रजत पदक र ५ कास्य पदक सहित ११ पदक प्राप्त ग्रदै सुना देवि माध्यमिक विद्यालयले तृतीय स्थान हात पार्न सफल भयकाे छ ।

स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख बाजि सिंह खड्काले बताए। उनले भने, ‘हामीले पालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौँ।`

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंह, नगर उप प्रमुख कल्पना महर साउद, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ ,भैरव प्रसाद गणका गणपति जनमत कार्की ,प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला,भलिबल संघका केन्द्रिय सदस्य राज वहादुर खड्का,वडा अध्यक्ष,विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक,शिक्षिका,विद्यार्थी,लगायतको उल्लेख सहभागी रहेको थियो ।

सिलगढीमा फागुन १ गते देखि ३ गते सम्म संचालन भएको तेस्रो स्थानीय तह राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे खेलहरुमा एथलेटिक्स ,कवड्डि,भलिबल, तेक्वान्दो,कराते महिला पुरुष सहभागी हुने गरि खेलहरु संचालन गरिएका थिए भने दिपायल सिलगढी नगरपालिका भित्रका १३ बटा बिध्यालयकाे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया