Advertisement
SKIP THIS
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुरिगाउ शाखाले दुई मृतक परिवार को घरमै पुगेर  बीमा दाबी भुक्तानी

बर्दिया भुरिगाउ ,१ फागुन २०७९, सोमवार :रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुरिगाउ शाखा ले दुई मृतक परिवार को घरमै पुगेर बीमा दाबी भुक्तानी दियको छ।बर्दिया जिल्ला ठाकुरबाबा- 2 आम्बासा निवासी बीमित स्वर्गीय रुद्र दरलामी मगर को घरमा पुगि निजकी पत्नी झरना कुमारी दरलामी मगर लाइ दावी भुक्तानी बाफत को पाच लाख बिस हजार( 5,20,000 ) रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । यसै गरि ठाकुरबाबा 9 निवासी स्वर्गीय भौना चौधरी को परिवार लाई पनि निज कई निवास मा पुगि निज की पत्नी श्री हिरामोती थारू लाइ दावी भुक्तानी बाफत को पाच लाख दस हजार( 5,10,000 ) रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भुरिगाउ शाखा प्रमुख मोहन बहादुर बोहरा ले पीडितको सहजताकोलागि घरमै पुगेर सहानुभूति प्रकट गर्दै रकम प्रदान गरिएको बताए । कार्यक्रममा भुरिगाउ शाखाकी 2nd time MDRT निर्मला कुमारी कडेल र एजेन्सीमेनेजर तुल्सा जोशी, प्रर्मीला ढकाल, टिका तिवारी, पबित्रा अधिकारी , रंजीता गौतम, रुपा न्यौपाने र अन्य बीमित अभिकर्ता हरू को उपस्थिति मा सहानुभूति तथा जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको भनि आत्मसाथ गर्दै दाबी भुक्तानी दीयको हो।

बीमा दावी रकम बुझ्दै मृतककी पत्नी झरना कुमारी दरलामी मगर र हिरामोती थारू ले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बतायका छन् |-नारायण रावल

तपाईको प्रतिक्रिया