Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा अक्सिजन प्लाण्ट जडान: दैनिक ५० लिटर उत्पादन र जम्मा गर्न सकिने

अछाम :जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन प्लाण्ट जडान भएको छ । अमेरिकन नेपाल मेडिकल एशोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लाण्ट जडान भएको छ ।

करिब एक करोड भन्दा बढीको लागतमा दैनिक ५० लिटर उत्पादन र ५० लिटर जम्मा गर्न मिल्ने क्षमताको अक्सिजन प्लाण्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ ।

अक्सिजन प्लाण्ट सुरु भएका पछि अछाम बाजुरा लगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए । अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन् ।

एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्मपनी मेडी अक्सी प्रालीका बायोमिडिकल ईञ्जिनियर मदन भण्डारीले जानकारी दिए ।

उक्त जडान भएको अक्सिजन प्लाण्टको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले प्लाण्टको उद्घाटन गरेका थिए ।

अक्सिजन प्लाण्ट सुरु भएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख कुवँरले यस क्षेत्रका जनतालाई अब सहजता हुने बताए । साथै उनले यसको दिगोपना र मर्मत सम्भारमा बिशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया