Advertisement
SKIP THIS
बयालपाटा अस्पताल सञ्चालक समिती गठन,अध्यक्षमा साँफेबगर नगरप्रमुख कुँवर

अछाम:बयालपाटा अस्पतालको सञ्चालक समिती गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० सैयाको अस्पतालको सञ्चलक समिती गठन गरिएको हो ।

साँफेगर नगरपालिकाका भित्र अस्पताल रहेकाले नगर प्रमुख अध्यक्ष, रहने कार्यबिधी अनुसार नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चालक समितीको अध्यक्ष चयन भएका छन् ।

जसको सदस्यहरुमा जिल्ला समन्वय समिती प्रमुख वा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी वा अधिकृत स्तरको कर्मचारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना सदस्य रहेका छन् ।

बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, समाजसेवी महिला तर्फ गीता कुवँर, अस्पताल रहेको वडा नं. ७ का अध्यक्ष हिक्मत कडायत सदस्य रहेका छन् ।

यस्तै न्याय हेल्थ नेपालको तर्फबाट संस्थाका महासचिव एसपी कलौनी र डा. अरुणा उप्रेती सञ्चालक समितीको सदस्य रहेका छन् भने सदस्य सचिवमा बयालपाटा अस्पताल प्रमुख डा. मन्दीप पाठक रहेका छन् ।

अस्पतालको नियमित सञ्चालन, सेवाको प्रकृती एवंम मापदण्ड निर्धारण, अस्पतालको स्तरोन्नती दिगो व्यावस्थापन, अनुगमन निरिक्षण लगायतका काम सञ्चालक समितीले गर्नेछ ।

तपाईको प्रतिक्रिया