Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनलाई पाेषणमैत्री वडा घाेषणाका लागि अभिमुखीकरण

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका वडा नं ४ तिमिल्सैनलाई पाेषणमैत्री वडा घाेषणाका लागी प्रारम्भिक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार वडा नं ४ तिमिल्सैनमा कार्यक्रम सम्पन्न भएको हो।

पाेषणमैत्री वडा घाेषणाका लागी प्रारम्भिक एक दिने अभिमुखी कार्यक्रम वडा भित्रका सरोकारवालाहरुको सहभागीता रहेको थियो । सरोकारवालाहरुले वडालाई पोषणमैत्रि वडा बनाउन प्रतिबद्धता ब्यक्त गरेका छन।

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ राख्ने सक्ने हुदाँ पोषण अति आवश्यक भएको स्वास्थ शाखा प्रमुख रावलले बताए ।

पाेषणमैत्री वडा घाेषणाका लागी विभिन्न चरणहरु पार गर्नुपर्ने भएकाले कसरी चरण पार गर्ने भनेर अभिमुखिकरण गरिएको शाखा प्रमुख रावल बताए । सोही कार्यक्रम मंगलबार वडा नं १ गाज्रामा सम्पन्न गरिएको शाखा प्रमुख रावलले बताए।

तपाईको प्रतिक्रिया