Advertisement
SKIP THIS
किन खाने घिउ, चाकु, तरुल र पिँडालु ?

अछाम:माघे संक्रान्तिमा विशेष गरी तिलको लड्डु, घिउ, चाकु, खिचडी र कन्दमूल खाने चलन छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । तिलको लड्डुमा क्याल्सियमको मात्रा पाइन्छ । जसले गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । यसमा दूधको जत्तिकै क्याल्सियम हुन्छ । यसले चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

त्यसैले स्वास्थ्यका दृष्टिकोणबाट यसको विशेष फाइदा छ । घिउ, चाकु तथा सख्खरको मात्रा मिलाएर खायो भने शरीरलाई शक्ति प्रदान गर्छ । घिउले शरीरलाई आवश्यक पर्ने चिल्लो पदार्थ प्रवाह गर्ने र शरीरलाई बलियो बनाउने काम गर्छ ।

सख्खर चिनीबाट मात्रै नभएर विभिन्न तत्वबाट बनाइने हुँदा खनिज पदार्थको रूपमा समेत काम गर्छ । माघे संक्रान्तिमा घरतरुल, वनतरुल, पिँडालु, सिमल तरुल, स्कुसको जरा, सख्खरखण्ड आदि पनि खाइन्छ । तरुलमा भिटामिन सी र पोटासियम पाइन्छ । पिँडालुमा भिटामिन सी पाइन्छ, साथै फाइभर पनि पर्याप्त मात्रामा पाइन्छ । सख्खरखण्डमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । अर्काे, शारीरिक विकासमा पनि सहयोग गर्छ । रोगसँग लड्ने अत्यधिक क्षमता विकास गर्छ ।

तपाईको प्रतिक्रिया