Advertisement
SKIP THIS
परिवर्तन युवा क्लबद्वारा बिधालयलाई खेलकुद सामाग्री सहयोग

निराकरण खबर अछाम:परिवर्तन युवा क्लब धन्वन्तरी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री सहयोग गरेको छ।

क्लबले खेलकुद र संस्कृति कार्यक्षेत्र अन्तर्गत खेलकुद सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुशील बटालाले बताए ।

मंगलबार पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलिका अध्यक्ष कमल रावल र बिधालय ब्यावस्थापन समिति अध्यक्ष अम्मर बिकले धन्वन्तरी माध्यमिक बिधालयका बाल क्लबका अध्यक्ष लक्षमण रावललाई खेलकुद सामाग्री हस्तान्तरण गरे।

परिवर्तन युवा कल्बले नगर भित्रका दुई वटा माध्यमिक बिधालयलाई समेत खेलकुद सामाग्री वितरण गर्ने योजना रहेको कल्बका अध्यक्ष बटालाले बताए ।

पञ्देवल नगरपालिका खेल क्षेत्रको बिकाशको लागि केही सहयोग पुग्ने बिश्वास गरिएको कल्बका अध्यक्ष बटालाले बताए ।

परिवर्तन युवा कल्बले बिनायकमा विभिन्न किसिममा सामाजिक कार्य गर्दै आएको छ।

तपाईको प्रतिक्रिया