Advertisement
SKIP THIS
ब्राजिलमा भेटिएका ढुङ्गाका प्राचिन औजार बाँदरले बनाएको खुलासा

ऐजन्सी:ब्राजिलमा भेटिएका ढुङ्गाका प्राचिन औजार सुरुवाती मानिसले नभई बाँदरले बनाएको खुलासा भएको छ । आर्टनेटमा छापिएको एक लेखमा यस्तो दाबी गरिएको छ ।

पुरातत्वविद् अगास्टिन एम.एग्नोलिन र जिवाश्म विज्ञानी फेडेरिको एल.एक्ष्नोलिनले साइन्स जर्नल ‘द होलोसिन’ को नोभेम्बरको अंकमा ब्राजिलको सुरुवाती पुरातत्व स्थल मानिसले नभई क्यापुचिन बाँदरले बनाएको हुनसक्ने आफूलाई विश्वास भएको बताएका छन् ।

लेखमा बताइए अनुसार पुरातत्वविदले पेड्रा फुराडामा पछिल्लो उत्खननका बेला स्थानीय रुपमा पाइने क्वार्ट्ज र क्वार्टजाइट कबल्सले बनेका प्राचीन ढुङ्गाका औजारबारे खुलासा गरेका छन् । पेड्रा फुराडा, पूर्वोत्तर ब्राजिलमा पियाउईमा ८०० भन्दा बढी पुरातत्व स्थलका संग्रहका लागि परिचित छ ।

भेटिएको सबैभन्दा पुरानो पत्थरको औजार करिब ५० हजार वर्ष पुराना छन् र यिनै औजारका कारण केही इतिहासकारले सुरुवाती मानव यो क्षेत्रमा पाइन्थे भनेर अनुमान गरेका थिए । यद्यपि, सन् २०१६ मा वैज्ञानिकले यो अनुसन्धानलाई चुनौती दिएका थिए । अनुसन्धानमा पूर्वोत्तर ब्राजिलको क्यापुचिन बाँदर, ढुङ्गाको औजार बनाउने र त्यसको प्रयोग गर्न सक्षम छन् भनेर जानकारी दिइएको थियो ।

यो अनुसन्धानको नतिजाले सन् २०१७ को त्यो थ्योरीले बल पायो जसमा पेड्रा फुराडामा भेटिएका ढुङ्गाका औजार, मानिसले नभई क्यापुचिन बाँदरले बनाएका थिए भनेर बताइएको थियो । द होलोसिन आर्टिकलका लेखकका अनुसार अब यो कुराको सटिक प्रमाण छ कि ढुङ्गाका यी उपकरण मानव निर्मित थिएनन् ।

फेडेरिको एल एग्नोलिनले अर्जेन्टिनाको ‘नेशनल साइन्टिफिक एन्ड टेक्निकल रिसर्च काउन्सिललाई दिएको जानकारीमा उनीहरुले ब्राजिलका पुरातन साइटहरुमा पाइने चिजहरुका लागि अमेरिकी नभई क्यापुचिन बाँदर जिम्मेवार रहेको बलियो प्रमाण फेला पारेको बताएका छन् ।

अनुसन्धानकर्ताले पेड्रा फुराडामा पाइएक औजारको तुलना ती चिजसँग गरेका छन् जुन आज क्यापुचिन बाँदरसँग देख्न सकिन्छ । अगस्टिन एम. एग्नोलिनले कोनिसेटलाई नतिजा आश्चर्यजनक भएको बताए । उनले भने, ‘५० हजार वर्ष अघिका जुन औजार मानिसले बनाएको भन्ने सोचिन्थ्यो, त्यहि औजार आज पनि क्यापुचिन बाँदरसँग देख्न सकिन्छ । यसमा कुनै पनि भिन्नता छैन ।’

अनुसन्धानकर्ताले क्यापचिन बाँदरको जनसंख्यामा पूर्वमा गरिएको अनुसन्धान पनि हेरे जसबाट के थाहा हुन्छ भने बाँदरले साना ढुङ्गाको प्रयोग हथौडाको रुपमा र ठूला ढुङ्गाको प्रयोग बदाम वा अन्न बाली तोड्नका लागि गर्छन् ।

फेडेरिको एल.एग्नोलिनका अनुसार शोधबाट यो कुराको खुलासा भएको छ कि ब्राजिलमा पेड्रा फुराडा र अन्य आस–पासको क्षेत्रमा भेटिएका उपकरण, आजभन्दा करिब ५० हजार वर्ष अघि बदाम वा चट्टान तोड्नका लागि क्यापुचिन बाँदरले बनाएका थिए ।

तपाईको प्रतिक्रिया