Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पताल अवार्ड प्राप्त

अछाम  : अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो ।

बिहिबार राजधानी काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो । द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स – स्वास्थ्य (the HRM Nepal Award for Corporate Excellence – Health) नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे ।
अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियान थप होसल्ला मिलेको बताए ।

हरेक नेपाली नागरिकले गुणस्तरिय तथा नि:शुल्क सेवा पाउनु पर्ने र त्यसका लागि आफ्नो अभियान जारी रहेको भन्दै महासचिव कलौनीले अवार्ड प्रदान गर्ने कर्पोरेट क्लब, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सबै साझेदार संघसंस्था र सेवाग्राहीहरु धन्यवाद समेत दिएका छन् ।

यस्तै अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले यो उपलब्धी अस्पतालमा काम गर्ने सबै टिमको मेहनत र परिश्रमको उपलब्धी भएको बताएका छन् । उक्त अवार्ड उनले संस्था र अस्पतालमा आबद्ध कर्मचारीहरुमा सर्मपित गरेका छन् ।

कर्पोरेट क्लब नेपालले गत बर्ष देखि देशभरमा बिभिन्न सामाजिक बिधा तथा क्षेत्रमा कउत्कृष्ट काम गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आईरहेको छ 

तपाईको प्रतिक्रिया