Advertisement
SKIP THIS
चर्चित रेडियो कार्यक्रम “ज्योतिष दर्पण” का प्रस्तोता ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी अछाममा

अछाम :चर्चित रेडियो कार्यक्रम ‘ज्योतिष दर्पण’ का कार्यक्रम प्रस्तोता ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी अछाम आउन लागेका छन।

सुबेदि शुक्रबार अछाम आउन लागेका हुन अछामको बसाईका क्रममा सुवेदीले संचालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम “ज्योतिष दर्पण” रेडियो साँफेबगर १०१ मेगाहर्जको स्टेशनबाट सिधै प्रसारण गरिने छ । साथै अछाम बसाईका क्रममा ज्योतिष र त्यससँग सम्बन्धि अन्य जानकारी लिनको लागि पंण्डित लक्ष्मण . सुवेदी सँग सिधै भेटघाट तथा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सनातन रेडियो नेटवर्क ( SRN) ले उत्पादन गर्ने गरेको ज्योतिष दर्पण कार्यक्रम हरेकदिन बिहान ८ बजे देखि ९ बजेसम्म नेपालका ४० वटा भन्दा बढी चर्चित रेडियो स्टेशनहरुबाट ७७ जिल्लामा एकसाथ प्रसारण हुने गरेको र कार्यक्रमबाट श्रोताहरुले प्रत्यक्ष रुपमा ज्योतिष , वास्तु र धर्मसंस्कारका बारेमा जानकारी लिने गरेको पंण्डित सुवेदीले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषितभइ ख्याती कमाउनु भएका ज्योतिषी पंण्डित सुवेदी नेपाल ज्योतिष परिषद् चितवन जिल्ला समितिका सचिव समेत रहनुभएको छ ।

तपाईको प्रतिक्रिया