Advertisement
SKIP THIS
जापानमा कोरोनाबाट एकै दिन साढे ४ सय मानिसको मृत्यु

एजेन्सीः कोरोनाबाट जापानमा एकै दिन साढे ४ सय मानिसको मृत्यु भएको छ। जापानमा बुधबार हिजो मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ।

बुधबार २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये २० हजार २ सय ४३ केश राजधानी टोक्योमा मात्रै भेटिएका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो एक हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउन लगायतका विकल्पमा छलफल सुरु गरेको छ।

तपाईको प्रतिक्रिया