Advertisement
SKIP THIS
नेपाल बैंक लिमिटेडद्वारा अछामका बाढी पहिराे पीडितलाई आर्थिक सहयोग

टेकराज भण्डारी अछाम:नेपाल बैंक लिमिटेड अछाम शाखा द्वारा अछाममा बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भदौ अन्तिम साता परेकाे बर्षासंगैकाे बाढी पहिराेमा परी ज्यान गुमाएका २३ जना मृतकका परिवारलाई जनही १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहायता गरिएको साँफेबगर शाखामा प्रबन्धक दिनेशराज जाेशीले बताए ।

जिल्लाको कमलबजारमा एक कार्यक्रमका वीच मृतकका आफन्तलाई आर्थिक सहयाेग गरिएको हाे । कमलबजार नगरपालिका वडा ६ विरपथ र वडा नं ८ ढाँकु तुर्माखाँद गाउँपालिका ५ र ढकारी गाउँपालिकाका बाढी पहिराेमा परी ज्यान गुमाएकाका परिवारलाई कमलबजारमा कार्यक्रमका वीच सहयोग गरिएको प्रबन्धक जाेशीकाे भनाइ छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत सहयाेग गरिएको नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख बरिष्ठ प्रवन्धक विश्वराज भण्डारीले बताए ।विपत्तिमा परेकालाई केही राहत हाेस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको प्रदेश प्रमुख भण्डारीकाे भनाइ छ ।

कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका वडा अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षतामा भएको आर्थिक सहायता हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेड त्रिवेणी शाखा प्रबन्धक सन्जित थापा, लगायतको सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद बजगाईले गर्नुभएको थियोे।

ढाँकुका मृतकाका आफन्त गोपाल दमाई लाई ५० हजार, त्यसैगरी विरपथ मृतक ७ जनाका नम विक लाई ७० हजार हस्तान्तरण गरिएको थियाे । अन्यलाई पनि राहत रकम प्रदान गरिएको हाे । सहयाेग गरेकाेमा पीडितले बैंकलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया