Advertisement
SKIP THIS
महान फुटबल खेलाडी पेले भन्छन् , म ठिक छु

साओ पाओलो:ब्राजिली महान फुटबल खेलाडी पेलेले आफू ठूलो आशासहित बलियो रहेको शनिबार बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचार गरिरहेका छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको पनि बताएका छन् ।

त्यस अगाडि अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको जनाएको थियो । पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’

त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार आएको थियो । पेलेले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’

तपाईको प्रतिक्रिया