Advertisement
SKIP THIS
विवाहको दिन दुलहीले बच्चालाई जन्म दिएपछि अस्पतालमै विवाह

एजेन्सीः विवाहको दिन दुलहीले बच्चालाई जन्म दिएपछि एक जोडीले अस्पतालमा विवाह गरेका छन्। विवाह गर्नुअघि अचानक सुत्केरी वेथाले च्यापेपछि दुलहीलाई अस्पताल लगिएको थियो। त्यसपछि दुलहीले बच्चालाई जन्म दिएपपछि अस्पतालमै विवाह गरेकी हुन्।

यो समाचार नेदरल्याण्डको हो। विवाहका दिन उनलाई अचानक सुत्केरी व्यथाले च्यापेको थियो। अचानक बच्चा जन्मिएपछि दम्पती अचम्मा परेका थिए। त्यसपछि महंगो विवाहस्थलमा विवाह गर्ने यो जोडीको योजना असफल भयो। दुलही पहिले नै गर्भवती थिइन्। तर यिनीहरुले विवाह गरेपछि मात्रै बच्चा जन्माउने सोचमा थिए।

डेलिभरी मितिभन्दा धेरैअघि नै विवाहको मिति तय भएको थियो। तर, डेलिभरी मितिभन्दा पाँच हप्ता पहिले नै बच्चा जन्मिएको हो। अक्टुबर २६ गते विवाहको दिन दिउँसो २ बजे दुलहीले बच्चालाई जन्म दिएकी हुन्। त्यसपछि यो जोडीले विवाहको प्लान नै फेर्नुपरेको थियो। तर, विशेष कुरा यो छ कि उनीहरुको विवाह भने रोकिएन। सुत्केरी भएको सोही दिन यो जोडीले अल्बर्ट स्वीटजर अस्पतालको प्रार्थना कक्षमा विवाह गरे। अचानक बच्चा जन्मिए पछि यो जोडीले अस्‍पतालमै सानो कार्यक्रमको आयोजना गरी विवाह सम्पन्न गरेका थिए।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ( दुलही र दुलाह निकोल र मार्कले छोरीको जन्म हुनुअघि नै विवाह गर्ने सोचेका थिए। तर बच्चा अचानक जन्मियो। आमा र बच्चाको स्वास्‍थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया