Advertisement
SKIP THIS
अब दिल्लीबाट लण्डन सम्म बस यात्रा

काठमाडौं:कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने, छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ। भारत–म्यानमार सीमामा आवतजावत सामान्यमा फर्किएसँगै दिल्ली–लन्डन बस सेवा सुरु गर्ने योजना छ। यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको छ।

दिल्लीदेखि लन्डनसम्मको यो यात्रामा तपाईले कुल १८ देशको भ्रमण गर्ने मौका पाउनुहुनेछ । यो सम्पूर्ण यात्रामा करिब २० हजार किलोमिटरको यात्रा तय हुनेछ, जसलाई पूरा गर्न बसलाई करिब ७० दिन लाग्नेछ। यदि तपाईलाई पनि यो धेरै रोमाञ्चक लाग्छ भने, छिट्टै तपाईले यो यात्राको मौका पाउन सक्नुहुन्छ । तर, स्मरण रहोस्, यसका लागि तपाईले १५ लाख भारतीय रुपैयाँ (२४ लाख नेपाली) खर्च गर्नुपर्नेछ, जसमा बसको टिकट, भिसा र विभिन्न देशमा बस्ने व्यवस्था पनि समावेश छ ।

बसमा यात्रा गर्ने १८ देशहरूमा भारत, म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गिजस्तान, उजबेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्याण्ड, चेक गणतन्त्र, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स र बेलायत समावेश छन्। 

तपाईको प्रतिक्रिया