Advertisement
SKIP THIS
बडा दशैंको आठौं दिन आज महाष्टमी

अछाम: बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व। आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ।

महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्र सम्मत रुपमा दसैंघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो।

तपाईको प्रतिक्रिया