निराकरण खबर अछाम:महेन्द्र कुँवर फाउण्डेशन अछामको आयोजनामा नेपालकै चार धाम मध्येको बैजनाथ धामा सोमबार घटस्थापनाको दिन नौरथा पूजा महोत्सव सुरु भएको छ ।
महेन्द्र कुवँरकाे अध्यक्षतामा सञ्चालन भएकाे नाैरथा पुजा कार्यक्रममा प्रमख अतिथि अछाम जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवँर रहनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुवरले हाम्रा धर्म, मल्य , मान्यता, कला संस्कृति र परम्परा लाई सबै मिलेर जाेगाउन जरुरी छ । यी कला, संस्कृतिकाे संरक्षण गर्न अति आवश्यक रहेकाे बताए ।
घटस्थापनाको दिन देखि विजया दशमीको दिन सम्म चण्डी पुजा हुनेछ । घटस्थापनाको दिन विधिवत रुपमा नेपालका चार धाम मध्येको एक बैद्यनाथ धाममा पञ्चेवाजा सहित कलशयात्रा गरी नवदुर्गा माताको मुर्ति स्थापना गरिएकाे हाे ।
दिनभर प्रबचन सहित हवन, भजनकृतनका कार्यक्रमहरु गरिएका छन् । प्रत्येक दिन विहान ७ बजे देखि बेलुकी ८ बजे सम्म पुजापाठ, दर्शन, जप, हवन, भजनकृतन, प्रवचन र प्रसाद वितरण गरिने कार्यरक्रम रहेको छ । विजया दशमीको दिन विहान ७ बजे पुजा अनुष्ठान गरी दिउँसो १ बजे पञ्चेबाजा र साँस्कृतिक झाँकी सहित सोभा यात्रा गरी ९ दिनसम्म स्थापना गरेको नवदुर्गा माताको मुर्ति बुढीगंगा नदीमा विसर्जन गरी विविध कार्यक्रम सहित समापन गरिने आयोजक समितिले जनाएको छ । कार्यक्रममा साफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादु कुवर, उप प्रमुख शिव बहादुर कुवर, प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डे लगाएतकाे सहभागीता रहेकाे थियाे ।









