Advertisement
SKIP THIS
महेन्द्र कुँवर फाउण्डेसनको आयोजनामा वैद्यनाथ धाममा घटस्थापनाका दिन देखि नौरथा पुजा महोत्सव लाग्दै

महेन्द्र कुँवर फाउण्डेसनको आयोजनामा अछाम जिल्लाको वैद्यनाथ धाममा असोज १० गते घटस्थापनाका दिन देखि आयोजना हुन लागेको नौरथा पुजा महोत्सव आयोजना गरिने भएको छ । नौरथा पुजा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन जनाएको छ।

पुजाको लागि भगवतीका मुर्तिहरु निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको बताईएको छ । नेपालको प्रशिद्ध धार्मिक स्थल तथा नेपालका चार धाम मध्यको एक वैद्यनाथ धाममा नौरथा महोत्सव भव्य रुपमा मनाईदैछ । द्वादश ज्योतिर्लिङ्ग अन्तर्गत पर्ने अछाम जिल्लाको साफेँबगर नगर पालिका वैद्यनाथ धाम नेपालको एक प्रख्यात तिर्थस्थल पनि हो । विश्वमा कहिँ कतै पनि एउटै कमलमा २ ओटा ज्योतिर्लिङ्ग स्थापित भएको पुरातन ईतिहास छैन जबकी अछामको वैद्यनाथ धाममा एउटै कमलासनमा २ ओटा ज्योतिर्लिङ्ग स्थापित भएकाछन् । जसको छुट्टै इतिहास रहेको छ । यस्को बारेमा स्कन्द पुराणमा समेत व्याख्या यसरी गरीयको छ ।

अछाम भुमौ हेम बृद्धगंगा तिरे वसन्त गिरिजा समेतम्
देवा सुरराधितपादपद्मं श्री वैद्यनाथं तमहं नमामि ।।
बृद्धगंगा महापुण्यं यत्र पुण्य सरस्वती
महर्षिभीस् समाहुता मम प्रिय चीकिर्षया ।।

स्कन्दपुराणमा भगवान देवाधिदेव महादेव वैद्यनाथ क्षेत्र भगवान आसुतोषको लागि कति प्रिय छ भन्ने विषयमा माता पार्वतीसंग गरियको वर्णन उल्लेख छ । यसैले वैद्यनाथ बाबाको दर्शन गर्दा मात्र पनि मनोकामना पुर्ण हुने विश्वास रहि आएको छ ।उक्त पुण्य क्षेत्रमा दश दिन सम्म पहिलो पटक पुजा महोत्सव आयोजना हुदैछ ।महोत्सव सम्पन्न गर्न बरिष्ठ गायक तथा प्राज्ञ यज्ञराज उपाध्याय, वैद्यनाथ बेद विद्याआश्रमका अध्यक्ष डण्डिराज जोशी, वेद विद्या आश्रमका प्रअ देव राज उपाध्याय, महोत्सव व्यवस्थापन समितिका चेतमान कडायत, जयन्द्र खड्का, डिल्लि राज जोशी, लगायत आयोजक महेन्द्र कुँवर फाउण्डेसनका अध्यक्ष महेन्द्र कुवँरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

यस क्षेत्रका प्रख्यात मुर्तिकार प्रभुराम महरा १५ दिन देखि मुर्तिहरु निर्माणको काम लागेका थिए । मुर्तिको काम समेत अन्तिम चरणमा पुगेको महराले बताए ।नौरथाको समुद्घाटन दश गते घटस्थापनाको दिन दिउँसो १ बजे सुरु हुने भएको छ । उद्घाटनको दिन विशिष्ट व्यक्तिबाट महोत्सवको उद्घाटन, पञ्चेबाजा बादन, कलस यात्रा, पुजापाठ मुर्ति स्थापना हवन, भजन कृतन, प्रवचन, शुभकामना मन्तव्य, सहित महोत्सवको उद्घाटन गरिने आयोजक कुवँर फाउण्डेसनले जानकारी दिएको हो । महोत्सवकको हरेक दिन विहान ७ बजे देखि बेलुका ८ बजे सम्म पुजा पाठ, हवन, जप ,दर्शन, प्रवचन तथा प्रसाद वितरण गरिने छ ।

महोत्सवको समापन १९ गते विजयादशमी टिकाको दिन विहान ७ बजे देखि १० बजे सम्म पुजा अनुष्ठान टिका ग्रहण र १ बजे देखि पञ्चेबाजा , सांस्कृतिक झाँकी , सोभा यात्रा सहित नवदुर्गाको मुर्ति बुढीगंगामा विसर्जन गरिने बताइएको छ । साथै कार्यक्रम प्रसंसा पत्र संम्मान पत्र वितरण गरी समापन गरिने भएको छ । सु।प।प्रदेशमै यति ठुलो नौरथा महोत्सव पहिलो पटक हुन लागेको हो । उक्त महायज्ञ महोत्वसका आयोजक कुवँर फउण्डेसनका अध्यक्ष महेन्द्र कुवँरले सम्पुर्ण श्रदालु भक्तजनमा उपस्थिति का लागि हार्दिक निमन्त्रणा गरेका छन् ।

तपाईको प्रतिक्रिया