Advertisement
SKIP THIS
कृष्ण बटाला एसियन इन्टरनेशनल युथ अवार्ड  २०२२ बाट सम्मानित

निराकरण खबर टीकापुर:लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला एसियन इन्टरनेशनल युथ २०२२ बाट सम्मानित भएका छन ।

भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो।

विभिन्न सामाजिक संस्थामा आबद्ध कृष्ण बटाला समाज रुपान्तरणको लागि युवाको भुमिका निकै महत्त्वपूर्ण हुने र त्यसको निम्ति युवा नेतृत्व स्थापित गरि युवामा जागरण ल्याउनु पर्ने उनको भनाइ रहेको छ।

बटाला योगदान राष्ट्रको लागि संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक भइसकेका हुन भने हाल केन्द्रीय सदस्य भएका छन। समाजसेवी बटाला कैलाली लम्कि चुहा नगरपालिका वासिन्दा हुन।

तपाईको प्रतिक्रिया