Advertisement
SKIP THIS
मेघा बैंक लिमिटेड साँफेबगरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम:मेघा बैंक लिमिटेड साँफेबगरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार साँफेबगर नगरपालिका वडा १ मा रहेको सुर्य चन्द्र माध्यमिक बिधालय कालिमाटी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

बैंक तथा बित्तिय संस्थाले गर्ने कार्य , बैंक तथा बित्तिय संस्थामा बचत गर्दाका फाईदा ,महत्त्व बारे सुर्य चन्द्र माध्यमिक बिधालय कालिमाटीमा कक्षा ११ र १२ मा अध्यनरत बिधार्थीहरुलाई साक्षरता कक्षा दिईएको मेघा बैंक लिमिटेड साँफेबगरका शाखा प्रमुख चेतराज पन्तले बताए ।

बैंक तथा बित्तिय संस्थाका बारेमा बिधार्थीलाई शिक्षा दिदा सिधै परिवार सँग जोडिने यसले गर्दा बैंक तथा बित्तिय संस्थाका झन प्रभावकारी हुने हुदाँ बिधालयका बिधार्थी सँग कार्यक्रम गरिएको शाखा प्रमुख पन्तले बताए ।

बिधालयका प्राचार्य देबेन्द्र बहादुर शाहले बित्तिय साक्षरता कार्यक्रम आफ्नो बिधालय सञ्चालन गरेकोमा मेघा बैंकलाई धन्यवाद दिएका दिए। बित्तिय साक्षरता कार्यक्रमले बालबालिका बैंक तथा बित्तिय सस्थाको बारेमा बुझ्ने अवसर पाएका यस्ता कार्यक्रम आगामी दिनमा निरन्तरता दिन प्रधानाध्यापक शाहले आग्रह गरे।

तपाईको प्रतिक्रिया