Advertisement
SKIP THIS
रहरको शहर कस्को बसेन, अब चुनाव कस्को?

अमरदिप शर्मा अछाम:

हेर चन्द्रमा, जिन्दगी जित खोज्ने हार्न जादैछ
हेर चन्द्रमा, मतलबी मीत खोज्ने हार्न जादैछ
झर्को मानेर के बस्नु, कुर्ने मुर्ती सन्सारी
भो सम्बोधन गर्दैन, कसौडी जोख्ने हार्न जादैछ !

रहरको शहर कस्को बसेन, अब चुनाव कस्को?
हेर चन्द्रमा, अटाली भत्किदा रोक्ने हार्न जादैछ
म अशक्त भए पनि शालिनता दिउ शरीर मान्दैन
हेर चन्द्रमा, आदेश झै कानुन बोक्ने हार्न जादैछ !
सन्दर्भ सारणी, समय मै जुटौ!!!!!

लेखक साँफेबगर नगरपालिका निमित्त प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया