Advertisement
SKIP THIS
चीनको भूकम्पमा परी ६५ जनाको मृत्यु

काठमाडौंः चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो। १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ।

सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६।८ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ। भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो।

तपाईको प्रतिक्रिया