Advertisement
SKIP THIS
हाम्रो अछाम, साँफेबगरबाट नियाल्दा

सुन्य भो अन्नको अनिकाल झै उजाड भूमी भयो।
सिचाई हरायो जंगल सरि भो खेत बारी गुमि गयो।
छैन उधम अनि आधार नभई बिदेशीनेको लर्को छ।
चल्दैन गुजारा पर्म र सापटी महङ्गी झनै चर्को छ।

मदिरा खुलायो द्रब्य हरायो गति हिन बनायो समाज।
जनता भूमरिमा नेता सुर्य झै तापमा लौन के भयो आज ?
संबिधान कोरियो कानुन फेरियो जनताको जित भयो।
जनताका करको ऋणका भरको बजेटको सित रह्यो ?

आफन्त उठाउदै बिकास रुकाउदै रकम प्रतिशत लिदै ।
समर्थक बन सबथोक गर्दिन्छु भन्ने लालच दिदै।
गरिब निमुखा पीडितको पिजडा कस्ले हो खोली दिने ?
ढोङ्गि नेता बडा सामन्ती भए कस्ले हो बोली दिने ?

भ्रष्टाचारको घुम्टोमा अछामै छोपियो भन्दै जननी रुदै !
अन्यायका गित लेखी देउ हे बन चरी अछामको माटो छुदै!!!
जय जन्म भूमी!!!नमन गर्दै यति मै बिसाए !!!

भक्त ठकुल्ला
साफेबगर नवाठाना अछाम
नेपाली कांग्रेश सुदूरपश्चीम सदस्य

तपाईको प्रतिक्रिया