Advertisement
SKIP THIS
टीकापुर अस्पतालमा उपचारका लागि आएका ९ जना बिरामीमा डेंगु देखियो

टीकापुर : कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएका ९ जना बिरामीमा डेंगु देखिएको छ। अस्पतालका अनुसार जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका तीन/तीन जनामा डेंगु देखिएको हो।

उनीहरुमध्ये केही बिरामी घर फर्किसकेका र केहीको अस्पतालमा उपचार भइरहेको बताइएको छ। ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने लगायतका लक्षण देखिएका उनीहरुलाई डेंगुको संक्रमण देखिएको थियो। यी बिरामीहरु साउन पहिलो सातादेखि भदौ मध्यसम्म अस्पतालमा उपचार गर्न आएको अस्पतालका सह व्यवस्थापक उपेन्द्र शाहले जानकारी दिए।

यसैबीच टीकापुर नगरपालिकाले नौ वटै वडामा लामखुट्टे लार्भा खोज र नष्ट अभियान सुरु गरेको जनाएको छ। उक्त अभियान भदौ २४ गतेसम्म जारी रहने बताइएको छ। जानकी गाउँपालिकाले उक्त अभियान भदौ पहिलो साता नै सम्पन्न गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया