Advertisement
SKIP THIS
पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्नुपर्छ, महानायक हमाल

काठमाडौं:महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए । उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पु¥याउने बताए ।  

महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताए । हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्नेकुरामा जोड दिने गरेको बताए ।  महानायक हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताए । 

तपाईको प्रतिक्रिया