Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाद्वारा बुढिगंगा नदिमा बेपत्ता लालबहादुर बाेहराकाे परिवारलाई आर्थिक सहयोग

निराकरण खबर अछाम:मेल्लेख गाउँपालिकाद्वारा वडा नं ५ बिन्धेवासनि भागाताेला घर भएका लालबहादुर बाेहराकाे परिवारलाई आर्थिक सहयोग गरेको छ।

२०७८ चैत ५ गते अछामको बुढाबगरबाट भैंसी तराउने बेला बुढिगंगा नदिमा बेपत्ता भएका बोहराको परिवार बिचल्ली भएपछि गाउँपालिकाले ६० हजार सहयोग गरेको पालिकाले जनाएको छ।

उनको परिवारलाई थाेरै भएपनि दुखेको घाउमा महक लगाउन गाउँ पालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले बताए ।

सहयोग रकम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उनकाे परिवारलाई हस्तान्तरण सहयोग हस्तान्तरणमा मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का समाजसेवी महेश खड्काकाे पनि सहभागिता रहेकाे थियो।

तपाईको प्रतिक्रिया