Advertisement
SKIP THIS
यी बैंकबाट निःशुल्क भर्न सकिन्छ आइपिओ

काठमाडौंःहालसम्म निःशुल्क सी–आस्बा सेवा प्रदान गर्ने वाणिज्य बैंकहरूको संख्या छ वटा पुगेको छ । हालै सानिमा बैंक र नेपाल बैंकले आस्बा शुल्क नलिने घोषणा गरेसँगै बैंकहरूको संख्या छ पुगेको हो।

यो सँगै राष्ट्रिय वाणिज्य बैंक, मेघा बैंक एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकबाट आइपिओ भर्दा सी–आस्बा शुल्क लाग्दैन।नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

बोर्डले उक्त व्यवस्था लागु गरेसँगै बैंकहरूले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका हुन्। यसअघि लगानीकर्ताहरूले आइपिओ भरेबापत बैंकहरूलाई अधिकतम एक सय रुपैयाँसम्म यस्तो शुल्क तिर्दै आएका थिए।

आइपिओ भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी–आस्बा भनिन्छ। सेन्ट्रलाइज्ड आस्बाु लाई छोटकरीमा सी–आस्बा भन्ने गरिन्छ। आस्बाको पूरा रूप ुएप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्टु हो।

लगानीकर्ताले विभिन्न बैंकबाट आवेदन दिएपछि खातामा तोकिएको रकम रोक्का हुने र आवेदन एकीकृत भई बिक्री प्रबन्धकले पाउने भएकाले यसलाई सी–आस्बा प्रणाली भनिएको हो।

यो प्रणालीमा बाँडफाँट भइसकेपछि सेयर नपरेको रकम खातामै फुकुवा हुन्छ।

तपाईको प्रतिक्रिया