Advertisement
SKIP THIS
काठमाडौं फन पार्कलाई २४ घण्टे अल्टिमेटम

काठमाडौंः काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ।

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो।

तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ।

तपाईको प्रतिक्रिया