Advertisement
SKIP THIS
ज्यान जोखिममा राखेर स्वास्थ्य संस्था जाँदै रामारोशनका स्वास्थ्यकर्मी

तारामान खड्का अछाम:रामारोशन क्षेत्र बेला बेलामा चर्चा आउने गरेको छ। तत्कालीन एकिकृत माओवादीले समेत रामारोशन क्षेत्रलाई आधार शिविर बनाएर सुदूरपश्चिम तथा मध्यपश्चिमा आफ्नो सैन्य क्रियाकलाप गरेको थियो । दोन्दकाल देखि चर्चामा आएको रामारोशन अहिले समेत बेला बेला चर्चामा आईरहन्छ।

माओवादीको आधार शिविर बनाएको क्षेत्र रामारोशनकै बुई चढेर कयौं नेताले सिहदरवार पुगे पनि रामारोशनको अवस्थामा केही परिवर्तन आएको छैन ।माओवादीले खोलो त तर्यो तर लौरो बिर्सेको आभास गराउछ, स्वास्थ्यकर्मी खोलो तर्दै उपचार गर्न गएको यो तस्बिरले ,तस्बिरमा देखिएका अनमि हिादेवि ठकुल्ला र सामुदायिक स्वास्थ कार्यकर्ता कल्पना रावल

रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा गाउँघर क्लिनिकद्धारा खोप दिन गएका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर खोेला तरिरहेको तस्विर सार्वजानिक भएको छ । सुतार स्वास्थ्यचौकी बाट करिब ३ घण्टाको पैदल दुरी हिँडेर खोला तर्दै किमतोला गाउँघर किल्निक जानू पर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिए ।

साउन २० गते करिव ३०० सय नागरिक रहेको किमत‍ोलममा खोप प्रदान गर्न गएका दुई जना स्वास्थकर्मीहरुको तस्विर सार्वजानिक भए पछि अहिले उक्त ठाउँमा स्थानीय बासीले केहि सहजताका लागी काठको पुल निर्माण गरिसकेको उनले बताए । यता जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर खोला पार गर्न लागेको तस्विर सामाजिक सञ्जालमा राख्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

तपाईको प्रतिक्रिया