Advertisement
SKIP THIS
१ बर्षमा बयालपाटा अस्पतालमा नि:शुल्क ७ हजार ४ बढी हार्डजोनीका बिरामीको सफल सल्यक्रिया 

निराकरण खबर अछाम :सम्पुर्ण सेवा नि शुल्क प्रदान गर्ने अछामको बयालपाटा अस्पतालले आर्थिक वर्ष २०७८÷०७९ मा ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया समेत गरेको छ।

अस्पतालमा कार्यरत मेडिकल तथा शल्यचिकित्सा निर्देशक अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकको नेतृत्वमा ७ सय ८४ जना हार्डजोर्नीका बिरामीको मेजर शल्यक्रिया भएको हो। 

अस्पतालले ६ हजार ६ सय ४५ जना हार्डजोर्नी बिरामीका सानो शल्यक्रिया समेत गरेको छ। मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको सर्जन डा मन्दिप पाठकले बताए। 

न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी गर्दै अस्पतालले सुदूर तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। 

बयालपाटा अस्पतालमा बिरामी अस्पतालदेखि निको भएर घर र्फकुञ्जेलसम्म कुनै पैसा लाग्दैन। बिदेशी दातृ निकाय न्याय हेल्थले दिने सहयोग रकम कटौती गर्दा अस्पताल आर्थिक संकटमा चलिरहेको छ।

तपाईको प्रतिक्रिया