Advertisement
SKIP THIS
बढ्न थाले कोरोना संक्रमित,एकै दिन  ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ :पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया