Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले नि:शुल्क सेनेटरी प्याड तालिममा ३ लाख ९८ हजार रुपैया खर्च गर्यो

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकाले नि शुल्क सेनेटरी प्याड तालिममा ३ लाख ९८ हजार १ सय ८४ रुपैया खर्च गरेको छ । गाउँपालीकाले आर्थीक बर्ष २०७७/०७८मा नि शुल्क सेनेटरी प्याड तालिमको नाममा पशुपति कुँवरलाई ३ लाख ९८ हजार १ सय ८४ रुपैया भुक्तानि गरेको छ । भुक्तानि गरेको ३ लाख ९८ हजार १ सय ८४ रुपैया मध्ये १ लाख ९९ हजार ८९ रुपैयाको खर्च पुष्टी नभएको महालेखाको २०७९ को प्रतिबेदन उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाले आर्थीक बर्ष २०७७/०७८मा नै क्वारेन्टाईन ब्यावस्थापनमा गणेश बहादुर बोगटीलाई २ लाख ७५ हजार ८ सय ५० भुक्तानि भएको १ लाख १४ हजार ६ सय ६० को खर्च पुष्टी नभएको र खेलकुद कार्यक्रम सञ्चालनको लागि कटक बहादुर धामिलाई २ लाख ५५ हजार ३ सय ५९ भुक्तानि भएकोमा २ लाख ३० हजार १ सय ४० रुपैयाको खर्च पुष्टी नभएको महालेखाको २०७९ को प्रतिबेदन उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया