Advertisement
SKIP THIS
वाणिज्य बैंकहरुले ब्याजदर घटाउने

काठमाडौं :वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो । योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ ।

यसअघि संस्थागत र व्यक्तिगत दुबैमा एउटै ब्याजदर प्रदान गरिरहेका बैंकहरुले निक्षेपमा नै ११.०३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका थिए । यद्यपि, व्यक्तिगत निक्षेपमा भने सोही ११.०३ प्रतिशतकै ब्याजदर कायम हुने संघले जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया