Advertisement
SKIP THIS
अज्ञात रोगले २० बालबालिकाको मृत्यु

एजन्सी:अफगानिस्तानको दक्षिणी हेलमन्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ। बितेका दुई दिनमा बाघलान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रसिदले बताए।

दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ। बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको अधिकारीले बताए।

अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।

तपाईको प्रतिक्रिया