Advertisement
SKIP THIS
घट्न थाल्यो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य

एजेन्सी:अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय एक डलरमा झरेको छ ।

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । गत जेठ १७ गते प्रतिब्यारेल १ सय २४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले यो बर्षको अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म झर्नसक्ने चेतावनी दिएको छ । तेल उत्पादक संघ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने अनुमान छ ।

युरोपेली मुलकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य अकस्मात बढेको थियो । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेलको माग बढाएका छन् ।

तपाईको प्रतिक्रिया