Advertisement
SKIP THIS
भोजपुरी ईतिहासकै सबैभन्दा धेरै पटक ट्रेलर हेरिएको रण शुक्रबारबाट प्रर्दशन हुदैँ

काठमाडौं:नेपाली फिल्म हलमा पहिलो पटक कुनैपनि भोजपुरी फिल्मले ठुलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले तीन दर्जन बढि हलहरुबाट नेपाल प्रदर्शनको सुरुवात गर्ने निर्देशक पन्तले बताएका छन् ।

राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा (यहि साता) आउँदो शुक्रबारबाट ‘रण’ प्रदर्शनमा आउने पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति हलमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने ।

फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए ।

जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तिय फिल्महरु पछिल्लो क्रममा भारतका ठुला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।

भोजपुरी फिल्मको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक’ पाउने फिल्मको सुचीमा ‘रण’ले पहिलो स्थान लिएको पन्तले दाबी गरेका छन् । एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । उनको भोजपुरी अबतार ट्रेलरबाट नै प्रष्ट देखिइसकेको छ । यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहँदा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि फिल्ममा स्थान लिएका थिए ।

‘रण’ निर्देशक पन्त पछिल्लो क्रममा भोजपुरी फिल्ममा त्यो पनि एक्सन प्रधान फिल्ममा आफुलाई जबरजस्त प्रमाणित गरेका निर्देशक हुन् । पन्तले ‘ह्रस्व दीर्घ’बाट ठुलोपर्दाको नेपाली फिल्मको बागडोर सम्हाल्दैछन् ।

तपाईको प्रतिक्रिया