Advertisement
SKIP THIS
पेट्रोलियम पदार्थको मुल्यमा भारि वृद्धि: पेट्रोल १९ डिजेलमा २७ रुपैयाँले वृद्धि

अछाम:नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गए राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९  र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया