Advertisement
SKIP THIS
चौरपाटि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न

शेर बहादुर शाह अछाम:स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ असार १ गतेबाट चौरपाटि गाउँपालिकामा शुरु भएको रास्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा समापन मन्तव्य राख्दै चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले खेलकुद एउटा गहना पनि हो अनुसाशन पनि हो यसलाई निरन्तरता दिएर अगाडि बढ्न हुन खेलाडीलाई आग्रह गरे ।

खेलकुदको बिकासका लागि चौरपाटि गाउपालिकाले बिशेष जोड दिने ,युवाहरुलाई बेला बेलामा मौसमि आयोजना हुने गरि होईनकि नियमित रुपमा खेलकुदका कार्यक्रम संचालन गर्ने र युवाहरु संग पालिका अध्यक्ष बिषेश कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा चौरपाटि गाउपालिका वडा नं १ का अध्यक्ष बिर बहादुर थापा,वडा नं ४ का वडा अध्यक्ष लाल बहादुर धामि,चौरपाटि गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत धन बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

२५ बिधामा भएको प्रतियोगितामा दशपल्लेपानि माध्यमिक बिधालय प्रथम ,बैजनाथ नमुना माध्यमिक बिधालय पायल दास्रो र सिउडि माध्यमिक बिधालय तेस्रो भएका छन् ।कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख राम चन्द्र जोशिले गरेका थिए ।

तपाईको प्रतिक्रिया