Advertisement
SKIP THIS
नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडौं:आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ।

प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।। मौसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो। जवाफमा नेपालले ४७ ओभर ४ बलमा पुरै विकेट गुमाएर दुई सय ६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले भने सोमपाल कामीले ४७ रन बनाए। शेख र कामीले उत्कृष्ट ब्याटिङ गरे पनि कुशल भुर्तेल र रोहित पौडेल जम्न सकेनन्। रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रन मात्र बनाए।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।

अमेरिकाका लागि सिरिज सुखद रहयो। यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी बनेको थियो। लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा छ। नेपालले १६ खेलमा १५ अंक जोडेको छ भने अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने ओमानसँगकै दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो।

तपाईको प्रतिक्रिया