निराकरण खबर अछाम:चौरपाटि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
बुधबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काले कार्यक्रमको उद्घाटन गरेका छन् । खेल आफ्नोलागि मात्रै नभई स्वास्थ र देशलाईका लागि भएको हुदाँ लक्ष्य लियर खेल्न खेलाडीहरु प्रमुख अथिति महामन्त्री खड्का अनुरोध गरे।
कार्यक्रम बोल्दै चौरपाटि गाउँपालिका अध्यक्ष भिम साउदले खेल क्षेत्रको बिकासको लागि आगामी बर्षको बजेटबाटै ब्यावस्था गरिने बताए । खेलाडीहरुलाई अनुशासित र सभ्य भएर उत्कृष्ट खेल खेल्न अध्यक्ष साउँद बताए । रनिङ शिल्ड प्रतियोगितामा चौरपाटि गाउँपालिका भित्र बिधालय सहभागी रहेका छन।